सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त



काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यका्री अधिकृत(सीईओ)मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई यही जेठ २२ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ। यस्तै सोही बैठकले यसअघिका संस्थाका सीईओ केशव कुमार पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

पौडेलले गत वैशाख ११ गते दिएको राजीनामा जेठ २१ गतेबाट लागू हुनेगरी स्वीकृत गरिएको हो ।

प्रकाशित : 4 June, 2025 12:35 pm