काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि ‘जापान बुटक्याम्प ७.०’ आयोजना गर्ने भएको छ। कार्यक्रम जेठ २३ गते काठमाडौंको बागबजारस्थित इन्लाइटन परिसरमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
प्लस टु, स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका तथा जापानमा भविष्य बनाउन इच्छुक विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको यो बुटक्याम्प जापानी भाषा परीक्षा — जेएलपिटी, एनएटी, जेपीटी, जेएलसीटी र जे-सर्ट — को तयारीमा केन्द्रित रहनेछ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले जापानी विश्वविद्यालयमा भर्ना, रोजगारी र स्किल भिसाका लागि आवश्यक पर्ने परीक्षामा उत्कृष्ट अंक ल्याउने रणनीति र टिप्स जापानी शैक्षिक संस्थाका प्रतिनिधिबाट प्रत्यक्ष प्राप्त गर्न सक्नेछन्।
बुटक्याम्पमा सहभागी हुनेहरूका लागि सिनेमा टिकट र आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको इन्लाइटनले जनाएको छ।
साढे एक दशकभन्दा बढी समयदेखि नेपाली विद्यार्थीलाई जापानलगायत विभिन्न देशमा अध्ययनका लागि तयारी गराउँदै आएको इन्लाइटन इन्टरनेसनल एजुकेशन विद्यार्थी र अभिभावकबीच विश्वासिलो संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
Comment