चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर



काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको हो ।

प्रकाशित : 30 May, 2025 5:55 pm