काठमाडौं — नेपाल पत्रकार महासंघ अन्तर्गतको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन्। संघको १४औं वार्षिक साधारणसभामार्फत ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमिति:
- अध्यक्ष: शिवप्रसाद सत्याल
- उपाध्यक्ष: प्रजु पन्त (उकेरा डटकम)
- सचिव: सन्तोष रोकाया (विकासन्युज)
- कोषाध्यक्ष: निर्दोष घोरसाइने (इक्विटी नेपाल)
- सदस्यहरू:
- कृष्ण लोत्थ्याल (बाह्रखरी)
- पुष्पा केसी (कान्तिपुर)
- श्रीकृष्ण धिमाल (हिमवतखण्ड डटकम)
साधारणसभामा संस्थापक अध्यक्ष केपी ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल थिए।
Comment