सिन्धुली । एभरेष्ट बैंक लिमिटेडले बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ। बैंकले २०८२ साल जेठ ५ गते एक विशेष समारोहबीच नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो।
उक्त शाखा उद्घाटन कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेल र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन समारोहमा वडा नं ६ का वडाध्यक्ष श्री उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ, अन्य बैंक कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मेयर पोखरेलले बैंकको उपस्थिति सिन्धुलीवासीका लागि आर्थिक गतिविधि प्रवर्द्धन गर्न महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बैंकले गुणस्तरीय सेवा, सुलभ पहुँच र सन्तुलित लगानीको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकले कमलामाईको शाखामार्फत सबल, सरल, आधुनिक र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यस नयाँ शाखासँगै एभरेष्ट बैंकको बागमती प्रदेशमा कुल शाखा संख्या ४७ पुगेको छ। बैंकले शाखा विस्तारसँगै दूरदराजका स्थानसम्म पनि आधुनिक बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ।
Comment