सगरमाथा संवाद आज समापन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा संवाद आज समापन हुँदै



काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ । शुक्रबारदेखि सुरु भएको सुरु भएको सगरमाथा संवाद आज समापन हुन लागेको हो।

जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडाै‌ घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ । सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् ।

शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ ।

प्रकाशित : 18 May, 2025 11:58 am