आई.एम.ई. लाइफ इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच सहकार्य, बीमितहरूलाई उपचार तथा औषधिमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आई.एम.ई. लाइफ इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच सहकार्य, बीमितहरूलाई उपचार तथा औषधिमा विशेष छुट



काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स अस्पताल लिमिटेडबीच गरिएको सहकार्यअनुसार अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूले उपचार तथा औषधि खरिदमा विशेष छुट सुविधा पाउने भएका छन्।

सहमतिअनुसार आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरूले ह्याम्स अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशत छुट र औषधि खरिद गर्दा ५ प्रतिशत छुट पाउने छन्। यस छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको IME LIFE मोबाइल एप मा रहेको बीमालेख देखाउनुपर्नेछ। त्यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा प्रदान गरिएको आधिकारिक परिचयपत्र पेस गरी छुटको लाभ लिन सक्नेछन्।

कम्पनीका अनुसार यस सहकार्यले बीमित र कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै व्यवसायिक सम्बन्धमा समेत थप प्रभावकारिता ल्याउने विश्वास लिएको छ।

साथै, भविष्यमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड प्रणाली लागू गर्ने लक्ष्य लिएको जानकारी दिइएको छ।

आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो सेवा प्रयोग गर्ने बीमित र सरोकारवालालाई अझ बढी सहजता, सुविधा र विश्वास दिलाउने उद्देश्यले यस्ता सहकार्यहरूलाई प्राथमिकता दिइरहेको छ।

प्रकाशित : 11 May, 2025 9:20 pm