एन.आई.सी एशिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एन.आई.सी एशिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडाै । एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेश का बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरि भव्य तरिकाले मनाएको थियो ।

तीनवटै प्रदेश का शाखाहरु पाऊदुर ५१ जना , सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना, छाँयाछेत्रमा ४७ जना, गरी ७ वटा शाखाहरुमा कार्यक्रम भव्य तरिकाले सम्पन्न गरियो ।

स्थानिय तहका जनप्रतिनिधीज्यूहरु, प्रहरीहरु, ३ वटै प्रदेशका अनुगमन अधिकृतज्यूहरु, शाखा प्रमुखहरुज्यूहरु र अन्य कर्मचारीहरु समेतको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालनहरु संस्थामा आवद्ध करिब २४९ जना सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकोे थियो ।

प्रकाशित : 11 May, 2025 2:35 pm