काठमाडौं । सामाजिक सुरक्षा कोष तथा उच्च अदालत बार एशोसिएसन पाटनको संयुक्त आयोजनामा राजधानीको बबरमहलस्थित कात्ति ब्यांक्वेटमा “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को कानुनी व्यवस्था र कार्यान्वयन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा न्यायिक क्षेत्रका उच्चपदस्थ अधिकारी, बार एशोसिएसनका सदस्य, कानून व्यवसायी, सामाजिक सुरक्षा कोषका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
उच्च अदालतका न्यायाधीशहरूले ऐनको प्रभावकारिता, व्यावहारिक कार्यान्वयन र सम्भावित चुनौतीबारे धारणा राख्दै, सामाजिक सुरक्षा अधिकार कार्यान्वयनमा जोड दिएका थिए।
कार्यक्रममा ऐनका कानुनी पक्षको समिक्षा, हालको कार्यान्वयन अवस्थाको मूल्याङ्कन, न्यायिक दृष्टिकोणबाट प्रभावकारिता, जनचेतना अभिवृद्धि तथा समन्वय र साझेदारीको महत्त्वमाथि गहन छलफल भएको थियो।
सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरूले प्रविधि र डिजिटल प्रणालीमार्फत ऐन कार्यान्वयनका प्रयासबारे प्रस्तुति दिएका थिए।
कार्यक्रमको समापनमा आयोजक संस्थाहरूले यस्ता अन्तरक्रियाले कानून र व्यवहारबीचको दूरी घटाउने विश्वास व्यक्त गरेका छन्।
Comment