नेपाल रिपब्लिक मिडियाकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल रिपब्लिक मिडियाकाे नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं। अघिल्लो आवमा घाटामा रहेको नेपाल रिपब्लिक मिडिया लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्ममा नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४६ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५२ लाख २६ हजार घाटामा रहेको थियो।

यो अवधिमा कम्पनीले १३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ५.८३ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले १२ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो। यस्तै कम्पनीले १ करोड ३१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ।

कम्पनीको प्रशासनिक खर्च ३ करोड ७७ लाख, र बिक्री तथा वितरण खर्च १ करोड २४ लाख रहेको छ।

कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको अल्पकालिन कर्जा १६ करोड ३३ लाख र दीर्घकालिन कर्जा ८ करोड ५९ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल चालु सम्पत्ति ६१ करोड ८१ लाख र कुल चालु दायित्व २७ करोड ९६ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८९.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९.०३ रुपैयाँ र तरलता अनुपात २.२१ प्रतिशत कायम भएको छ।

प्रकाशित : २४ बैशाख २०८२, बुधबार ११:१८