शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर (तस्बिरहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर (तस्बिरहरु)



सर्खेत । गुल्मोहर ढकमक्क फूलेपछि वीरेन्द्रनगर सिंगारिएको छ । वीरेन्द्रनगरका सडक छेउमा फूलेका गुल्मोहरले सबैलाई आकर्षित गर्छन् ।

ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ । गुलमोहर हरेक वर्ष वसन्त ऋतुमा फुल्ने गर्छ । वीरेन्द्रनगरका कुहिनेपानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुलमोहरका रुखहरू छन् । घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुलमोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फुलको अवलोकन गर्ने गरेका छन् ।

प्रकाशित : २३ बैशाख २०८२, मंगलवार १६:२३