सूचना प्रविधिमा अग्रणी करदाता एनसेललाई सरकारद्वारा राष्ट्रिय सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूचना प्रविधिमा अग्रणी करदाता एनसेललाई सरकारद्वारा राष्ट्रिय सम्मान



काठमाडौं — सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा एनसेललाई नेपाल सरकारले सम्मानित गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे।


आईसीटी विकास र समृद्ध नेपालको अभियानमा उल्लेखनीय योगदान पु¥याउँदै एनसेलले गत आर्थिक वर्ष २०.३० अर्ब रुपैयाँ कर तथा शुल्क सरकारलाई बुझाएको थियो। स्थापना कालदेखि हालसम्म कम्पनीले कुल ३४० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ। यस उपलब्धिका लागि एनसेल यसअघि पनि उत्कृष्ट करदाता तथा सर्वोत्कृष्ट आयकरदाताका रूपमा विभिन्न निकायबाट सम्मानित भइसकेको छ।


एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सरकारबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै डिजिटल नेपालका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाए। कम्पनीले एनसेल फाउन्डेसनमार्फत देशभर प्रभावकारी सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै १ करोड ३० लाखभन्दा बढी जनतामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पुर्‍याएको छ।

प्रकाशित : 2 May, 2025 6:51 pm