सिप्रदी ट्रेडिङ्ग र ओरियण्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दावी भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिप्रदी ट्रेडिङ्ग र ओरियण्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दावी भुक्तानी सम्झौता



काठमाडाैं । टाटा मोटर्सका आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र ओरियण्टल इन्स्योरेन्स कम्पनीबीच नगद रहित बीमा दावी प्रक्रियाको सुविधा सम्बन्धी सम्झौता भएकाे छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालि र ओरियण्टल इन्स्योरेन्स कम्पनीबीच यस बीमा कम्पनीमा बिमा गरिएका सवारी साधनहरुको बीमा अवधि भित्र सवारी दर्घटनाको कारण गर्नु पर्ने मर्मत कार्यको लागि नगद रहित बीमा दावी प्रक्रियाको सुविधा सम्बन्धी सम्झौतामा सामूहिक हस्ताक्षर भएको हाे ।

यस अवसरमा ओरियण्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र सिप्रदि ट्रेडिङ्ग प्रालिका तर्फबाट उपाध्यक्ष सौरभ थपलियाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार ओरियण्टल इन्स्योरेन्सका बिमितहरुले अब नगद नबुझाईकनै सडक दर्घटनामा क्षति भएको आफ्नो सवारी साधनको बीमा दाबी अन्तर्गत गाडीको आवश्यक मर्मत संभार सिप्रदी ट्रेडिङ्गका कुनै पनि मर्मत केन्द्रबाट नगद भुक्तानी बिना गर्न सक्नेछन् ।

यो सुविधा विशेषगरी टाटा मोटर्सका गाडीहरूको बीमा दावी प्रक्रियालाई ध्यानमा राखी गरिएको हो, जसले ग्राहकहरूलाई दावी भुक्तानी प्रक्रियामा सहजता प्रदान गर्ने छ।

सिप्रदी ट्रेडिङ्गले यसबाट आफ्ना ग्राहकहरूलाई बीमा सम्बन्धी सेवाहरू अझै पारदर्शी र द्रुत रुपमा उपलब्ध गराउने बताएको छ भने ओरियण्टल इन्स्योरेन्सले यसले ग्राहक सेवा विस्तार र दक्षतामा सुधार हुने अपेक्षा गरिएको छ ।

यो सम्झौता दुवै संस्थाहरूबीच दीर्घकालीन सहकार्यको सुरुवात भएको बताइएकाे छ ।

प्रकाशित : 30 April, 2025 10:13 am