हाथवे इन्भेष्टमेन्टकाे नाफा ४७.६७ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाथवे इन्भेष्टमेन्टकाे नाफा ४७.६७ प्रतिशतले घट्याे



काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको चालु आवको तेस्रो त्रैमाससम्ममा नाफामा कमी आएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अबधिसम्ममा कम्पनीले तीन करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ४७.६७ प्रतिशतले कम हो ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले सात करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो। कम्पनीको कुल आम्दानी समेत ५६.४२ प्रतिशतले घटेको छ। कम्पनीले समीक्षा अवधिसम्म १० करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आवमा भने कम्पनीले २३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले यो अवधिसम्म १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ। कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ५१ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० घटेको छ । अघिल्लो आवमा ३.८९ रुपैयाँ रहेको ईपीएस घटेर १.८५ मा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.३३ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा कायम भएको छ ।

प्रकाशित : १६ बैशाख २०८२, मंगलवार १२:१८