आईपीओको परिणाम : १८ लाख आवेदनमध्ये १.१९ लाखलाई मात्रै सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आईपीओको परिणाम : १८ लाख आवेदनमध्ये १.१९ लाखलाई मात्रै सेयर



काठमाडौं । बिहीबार पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट गरिएको छ । बाँडफाँट कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि चैत २८ गतेदेखि वैशाख २ गतेसम्म निष्काशन गरेको थियो । सो आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

त्यसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएका छन् भने ६ हजार ४२६ आवेदन विभिन्न कारणले रद्द गरिएको छ ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो । सो अनुसार १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी अधिकांश आवेदक भने खाली हात परेका छन् ।

प्रकाशित : 24 April, 2025 11:26 am