दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन, कुनको कति ?



काठमाडौं । नेप्सेमा सूचीकृत २ लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

यसैक्रममा स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ८४६.०३ कायम गरिएको छ । यसअघि रु. ९६०.२४ थियो ।

त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. १७३६.०६ कायम गरिएको छ । यसअघि रु. १८२२.८६ थियो ।

यी दुबै संस्थाको समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

प्रकाशित : 23 April, 2025 5:48 pm