सानिमा रिलायन्सको ‘सरल तथा एकल जीवन बीमा योजना’ : यसकारण बन्दैछ ग्राहकको रोजाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्सको ‘सरल तथा एकल जीवन बीमा योजना’ : यसकारण बन्दैछ ग्राहकको रोजाई



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ बीमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो ।

यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै अधिकतम बचत तथा रक्षावरण सुविधा उपलब्ध छ । यो योजनामा भुक्तानी तरिका समेत लचिलो रहेको छ । यसमा बीमितहरूले दुई तरिकाबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।

पहिलो, बीमितले बीमा गर्ने बेलामा नै एकमुष्ट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । अर्को, तरिका चाहीँ बीमा अवधिभर किस्ता–किस्तामा बीमाशुल्क तिर्दै जाने हो । यसमा बीमितले त्रैमासिक, अर्धवार्षिक र वार्षिक भुक्तानीका विकल्पहरु रोज्न सक्नेछन् ।

यो बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ४ किसिमका सुविधा प्राप्त गर्न सक्छन् । जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण सुविधा प्राप्त गर्नेछन् । बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोबर रकम सम्म आश्रीतले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ।

प्रकाशित : 23 April, 2025 11:42 am