बैंकिङ नेतृत्वमा नयाँ जोश: एनएमबी बैंकको बागडोर घिमिरेको हातमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

बैंकिङ नेतृत्वमा नयाँ जोश: एनएमबी बैंकको बागडोर घिमिरेको हातमा



काठमाडौं। एनएमबी बैंकको नेतृत्व आजदेखि गोविन्द घिमिरेले सम्हालेका छन्। बैंकको फागुन २५ को सञ्चालक समिति बैठकले उनलाई वैशाख १० देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको थियो।

घिमिरे यसअघि सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

साविक सीईओ सुनील केसीको कार्यकाल वैशाख ९ गते सकिएसँगै बैंकले नेतृत्व हस्तान्तरण गरेको हो। बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय पनि गरिसकेको छ।

प्रकाशित : 23 April, 2025 9:55 am