बिक्री नभएपछि किसानले बारीमै कुहाउन थाले बन्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिक्री नभएपछि किसानले बारीमै कुहाउन थाले बन्दा

"बजारको अभावमा किसानका सपना माटोमै विलिन"



धादिङ । धादिङ जिल्लाको गल्छी गाउँपालिका–५ स्थित कल्लेरी डुम्रे चौरका किसानहरू बजार अभावका कारण उत्पादन भएको बन्दा (काउली) बारीमै कुहाएर मलको रूपमा प्रयोग गर्न बाध्य भएका छन्।

महिनौंको मेहनतपछि उत्पादन गरिएको तरकारी बिक्री नहुँदा निराश बनेका स्थानीय किसानहरूले बन्दा बारीमै फाल्न थालेका हुन्। बजारमा उचित मूल्य नपाउने, यातायातको सुविधा अभाव, र सरकारी तहबाट समयमै व्यवस्थापन नभएको गुनासो किसानहरूको छ। बिचाैलीयाको ज्यादतीले पनि लगानी अनुसारको मूल्य नपाएको किसानहरुको गुनासो छ ।

स्थानीय किसान एक भन्छन्, “काठमाडौंदेखि नजिकै भएर पनि यहाँबाट तरकारी लैजाने व्यापारी आउँदैनन्। आउँदा पनि काउलीको मूल्य यति कम दिन्छन् कि लागत पनि उठ्दैन। त्यसैले कुहाएर मल बनाउनुको विकल्प छैन।”

बारीभरी कुहिएको बन्दले दुर्गन्ध फैलिएको र बाली सडेको देख्दा किसानहरूको मन कुँडिएको छ। कतिपय किसानहरूले खेतमै थन्किएको बन्दलाई खोरको गाईगोरुका लागि पनि प्रयोग गर्न थालेका छन्।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठक स्थानीयस्तरमै तरकारी संकलन केन्द्र बनाउने, सहकारीमार्फत बजार व्यवस्थापन गर्ने, तथा यातायातमा सहुलियत दिने व्यवस्था भए किसानको यस्तो पीडादायक अवस्था दोहोरिन नपर्ने बताउछन् ।

प्रकाशित : ९ बैशाख २०८२, मंगलवार १०:४३