स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय



इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार प्रदेश सरकारले स्वीकृत गरेका योजनाहरूलाई यही आर्थिक वर्षमा सम्पन्न गर्नका लागि सो रकम बराबरको वित्त हस्तान्तरण गर्ने निर्णय भएको छ ।

यस्तै मन्त्रीपरिषद्को बैठकले विपद् व्यवस्थापन नियमावली २०८२ लाई अध्ययनका लागि समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले बताए ।

प्रकाशित : 21 April, 2025 11:17 am