ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा ३.५४अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा ३.५४अर्ब



काठमाडाैं । ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो ।

बैंकले समीक्षा अवधिसम्म १२ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ३९.१५ प्रतिशतले बढेर १२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५० करोड ६७ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ७७ करोडबाट घटेर २४ अर्ब ४५ करोड रुपैयाँमा सीमित बनेको छ । इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ११ करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको वितरणयोग्य मुनाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १५.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.७९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७०९.२० र तरलता अनुपात ३३.०३ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 20 April, 2025 9:45 am