एनएमबि बैंकको नाफा सामान्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनएमबि बैंकको नाफा सामान्य बढ्यो



काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थीक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा सामान्य बढेको छ।

यो अवधिसम्म बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थीक वर्षको तुलनामा ५.८८ प्रतिशतले बढी हो । आघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकको यस्तो आम्दानी ५ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ४.४७ प्रतिशत पुगेको छ ।

प्रकाशित : 20 April, 2025 9:36 am