कवाड संकलन केन्द्रमा महानगरले चलायो डोजर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कवाड संकलन केन्द्रमा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले सडक आन्दोलन समेत गर्दै आइरहेका छन् ।

प्रकाशित : 17 April, 2025 3:02 pm