काठमाडौं । विक्रम संवत् पात्रोअनुसार आजबाट नयाँ वर्ष २०८२ सुरु भएको छ । पात्रो अनुसार हरेक वर्ष वैशाख १ गतेको नयाँ वर्षलाई नेपाली संस्कृति अन्तर्गत विशेष पर्वकारुपमा मनाउने गरिन्छ । नयाँ वर्षको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यस दिन आफ्ना आफन्त, साथीभाई, इष्टमित्रसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गरिन्छ ।
आजका दिनमा हरेक मानिसले अघिल्लो वर्षमा गरेका कामको सफलता एवं असफलता मूल्याङ्कन गरी आगामी दिनमा असफलता दोहोरिन नदिने र नयाँ योजनाका साथ अगाडि बढ्ने योजनाबद्ध संकल्प पनि लिने गर्दछन् । यस दिन सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष अर्थात् वैशाख सक्रान्ति पनि भनिन्छ ।
नयाँ वर्षको अवसरमा देशका विभिन्न स्थानमा मेलाहरु पनि लाग्ने गर्दछन् । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।
विश्वका जुनसुकै कुनामा रहेका नेपाललीले पनि नयाँ वर्षलाई हर्षाेल्लाकिा साथ मनाउने गर्दछन् ।
Comment