रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो।

प्रकाशित : ३० चैत्र २०८१, आईतवार ११:१४