निलम ढुङ्गानालाई राष्ट्र बैंकमा कायम मुकायम गभर्नरको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निलम ढुङ्गानालाई राष्ट्र बैंकमा कायम मुकायम गभर्नरको जिम्मेवारी



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई उक्त जिम्मेवारी तोकेका हुन् ।

नयाँ जिम्मेवारीसँगै तिम्सिनाले राष्ट्र बैंकको नेतृत्व सम्हाल्नेछिन् र बैंकका नीतिगत तथा प्रशासनिक कामहरू अगाडि बढाउनेछिन् ।

प्रकाशित : २४ चैत्र २०८१, सोमबार १४:१६