साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य हुने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्य गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

जसअनुसार बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिने छ । बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ । कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा बैंकको सहभागिता रहनेछ। यो सहकार्य दुई वर्षसम्म लागू हुनेछ ।

प्रकाशित : २३ चैत्र २०८१, आईतवार ११:००