साढे ३ खर्बले बढ्यो अर्थतन्त्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साढे ३ खर्बले बढ्यो अर्थतन्त्र



काठमाडौं १४ बैशाख । आर्थिक क्रियाकलापहरुमा भएको बढोत्तरीसँगै देशको कूल ग्राहस्थ उत्पादन ं(जीडीपी) को आकार पनि बढेको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार पछिल्लो एक वर्षमै साढे ३ खर्ब रुपैयाँले जीडीपीको आकार बढेको हो ।
राष्ट्रिय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा जीडीपीको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँ पुग्ने छ । जबकी गत वर्ष जीडीपको आकार २२ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै थियो ।
गत वर्षको तुलनामा यो वर्षको आर्थिक वृद्धिदर पनि उल्लेख्य मात्रामा बढ्ने तथ्यांक विभागको अनुमान छ । विभागले चालु आर्थिक वर्षमा ६।९४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमानसहितको तथ्यांक मंगलबार सार्वजानिक गरेको छ । गत वर्ष ०।७७ प्रतिश मात्रै आर्थिक वृद्धिदर हासिल भएको थियो ।
विभागको तथ्यांक अनुसार वितेका १५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०५८र५९ मा नेपालको कूल जीडीपीको आकार ४ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको थियो । यो वर्ष जीडीपीको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँ पुग्ने छ ।
आर्थिक वर्ष ०६७र६८ मा जीडीपीको आकार १३ खर्ब ६६ अर्ब रुपैयाँ थियो । त्यस्तै, ०६८र०६९ मा १५ खर्ब २७ अर्ब, ०६९र०७० मा १६ खर्ब ९५ अर्ब, ०७०र७१ मा ०७०र७१ मा १९ खर्ब ६४ अर्ब, ०७१र७२ मा २१ खर्ब ३० अर्ब र ०७२र७३ मा २२ खर्ब ४७ अर्ब रुपैयाँको जीडीपीको आकार थियो ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०८:२७