काठमाडौँ । मुक्तिनाथ विकास बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि बैंककको राउन्ड ट्रि फलाइट टिकट जितेका छन् । यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरु बीच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर पाैडेलले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने पाैडेलले बताएका छन् ।
साथै बैंकहरूले हालै जारी ग्लाेबल मनि उइक अन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरुमा भाग लिईरहेका छन ।
Comment