रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ।
लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
Comment