हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता



हिमालयन बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ।

बैंक तथा कोषबीच भएको यस सम्झौताअनुसार योगदानकर्ताहरूले बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमाल रेमिट, मोबाइल बैंकिङ वा कार्डमार्फत सहज रूपमा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन्।

यसरी योगदानकर्ताले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ। यस सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी र कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीको उपस्थितिमा हस्ताक्षर गरे।

प्रकाशित : ५ चैत्र २०८१, बुधबार २२:०२