कसरी हुन्छ उद्योग व्यवसाय बढाउन आवश्यक छ : चन्द्र ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कसरी हुन्छ उद्योग व्यवसाय बढाउन आवश्यक छ : चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुने बताएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले नेपालमा तुलनात्मक रुपमा उत्पादकता कम भएको भन्दै उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्ने बताएका हुन् ।

अर्को रोजगारी सिर्जना गर्ने भनेको निजी क्षेत्र भएकाले उद्योग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको वातावरण बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने,‘नेपालमा तुलनात्मक रुपमा उत्पादकता वास्तबमै कम छ । उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्छ । साथै अर्को रोजगारी सिर्जना गर्ने भनेको रियल एक्टर भनेको नै प्राइभेट सेक्टर हो । हामीले उद्योग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको चाँही वातावरण बनाउन आवश्यक छ । तब मात्र रोजगारी सिर्जना हुन्छ, तब मात्र सोचे अनुसारको पारिश्रमिक अथवा चाहे अनुसारको सेवा सुविधा दिनसक्ने हुन्छ ।’

प्रकाशित : २६ फाल्गुन २०८१, सोमबार १५:३२