एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त



काठमाडौं। एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ४८४औँ बैठकले आगामी वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

हाल घिमिरे सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।

प्रकाशित : २५ फाल्गुन २०८१, आईतवार ११:४९