नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँड, कतिले हात पारे सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँड, कतिले हात पारे सेयर ?



काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। आइपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो।

कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका छन्।

जसमध्येबाट रितपूर्वक आवेदन दिएका भाग्यशाली एक लाख ८४ हजार ५०० जनाले १०-१० कित्ताका दरले सेयर हात पारेका छन् भने १६ लाख २२ हजार २६२ सदर आवेदकको हात रित्तो भएको छ। आईपीओको नतिजा हेर्नका लागि भने केही समय कुर्नु पर्नेछ।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार ०९:१५