अमेरिका उच्च शिक्षाबारे विस्तृत जानकारी दिन इन्लाईटन इन्टरनेसनल एजुकेशनद्वारा विशेष सत्र आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अमेरिका उच्च शिक्षाबारे विस्तृत जानकारी दिन इन्लाईटन इन्टरनेसनल एजुकेशनद्वारा विशेष सत्र आयोजना



काठमाडौँ । शैक्षिक परामर्श संस्था इन्लाईटन ईन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विस्तृत जानकारी प्रदान गर्न विशेष जानकारी सत्रको आयोजना गर्ने भएको छ।

७ मार्च, शुक्रबार इन्लाइटनकै भवनमा आयोजना हुने उक्त सत्रमा विद्यार्थीहरूले अमेरिका अध्ययनका अवसरहरूबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यस कार्यक्रममा बेथानी कलेज, वेस्ट भर्जिनियाका रिक्रुटमेन्ट म्यानेजर सेफिना जोशी उपस्थित रहनेछन्।

विद्यार्थीहरूले बेथानी कलेजमा अध्ययनका अवसरका साथै छात्रवृत्ति योजनाहरू, भर्ना प्रक्रिया, आवश्यक योग्यता, र कलेजको सुविधाबारे विस्तृत जानकारी लिन सक्नेछन्। बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने यो सत्र अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि महत्वपूर्ण हुने इन्लाइटनले विश्वास व्यक्त गरेको छ।

साढे एक दशकदेखि विदेश अध्ययनका लागि परामर्श सेवा दिँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच लोकप्रिय संस्था हो। यहाँबाट सहज रूपमा भिसा आवेदन गर्न सकिने, आवश्यक परामर्श प्राप्त गर्न सकिने जस्ता सेवाहरू उपलब्ध छन्, जसका कारण यस संस्थाले आफ्नो अलग्गै छवि बनाउन सफल भएको छ।

प्रकाशित : २१ फाल्गुन २०८१, बुधबार १४:२८