रौतहट । रौतहटको गरुडा नगरपालिकाले गरिब–विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाले सात जना भन्दा बढी गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले सोमबार कार्य कक्षमा आर्थिक सहयोग रकम चेकमार्फत दिएका हुन् ।पालिकामा रहेका अमर कुमार सहनी, अम्बिका कुमारी, रामऔतार ठाकुर, सर्वेश्वर नाथ पाण्डे, नथुनी राम, कौशलिया देवी, उनपती देवी लगायतलाई आर्थिक सहयोग प्रदान गरिएको नगर प्रमुख कलवारले जानकारी दिए।
उनले २० देखि २५ हजार रुपैंयाँसम्मको चेक प्रदान गरेको बताए । यसअघि पनि विभिन्न स्थानका गरिब–विपन्न परिवारलाई आर्थिक सहित अन्न, लत्ताकपडालगायतको सहयोग नगर प्रमुख कलवारले गर्दै आएका छन।
गरिबी हटाउन, विपन्न नागरिकलाई राहत दिन र समग्र नगरवासीको जीवनस्तर उकास्न गरुडा नगरपालिका प्रतिबद्ध रहेको जनाएको छ ।
Comment