अर्थमन्त्री पौडेल फर्किए नियमित काममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्री पौडेल फर्किए नियमित काममा



काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए। त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।

प्रकाशित : ११ फाल्गुन २०८१, आईतवार १७:०८