सेयर बजारमा ७.२६ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ७.२६ अंककाे गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार दुई दिन बढेको बजार आज ७.२६ अंकले घटेर २६७८.४७ को विन्दुमा रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स ०.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ।

आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन आठ अर्ब ७१ करोडको सेयर कारोबार भएको बजारमा आज ३०२ कम्पनीको एक करोड ५८ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ९२ करोड माथिको सेयर कारोबार भएको छ ।

नेप्सेमा १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

आज सर्वाधिक एनआरएनको ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । सीएचडीसीको २६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । राधी विद्युत कम्पनीको २० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ।

त्यस्तै आज कुमारी सबल योजनाको इकाई, मातृभूमि लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने आज न्यादी हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको सेयरमूल्य आज ८६ रुपैयाँ ८० पैसा घटेर ७८१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

प्रकाशित : 13 February, 2025 3:27 pm