नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आजदेखि ८ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बैंकका विद्यमान सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने गरी बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्ता सेयर खरिका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ९ गतेसम्म तोकिएको छ।

प्रकाशित : 13 February, 2025 12:09 pm