आईएमई लाईफ इन्स्योरेन्सकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईएमई लाईफ इन्स्योरेन्सकाे लाभांश घोषणा



काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले हुन आउने एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि  वितरण गरिनेछ।

प्रकाशित : ३० माघ २०८१, बुधबार ११:०९