काठमाडौँ । सागर ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ मा ग्राहकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
कलंकीस्थित बेलियो एक्सपेरियन्स सेन्टरमा मंगलबारदेखि सुरु भएको यो प्रविधि मेलामा सूचना प्रविधिसम्बन्धी नवीनतम उत्पादन तथा उपकरणहरू प्रदर्शन गरिएका छन्। एक्स्पोमा अवलोकनकर्ताले प्रडक्ट बुझ्ने, खरिद गर्ने र प्रत्यक्ष प्रयोगको अनुभव लिने अवसर पाएका छन्।

विशेष छुटको व्यवस्था
सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरका अनुसार एक्स्पोमा प्रिन्टर खरिदमा ५० प्रतिशतसम्म तथा अन्य आईटी सामग्रीमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। छुट तथा प्रविधिसँग सम्बन्धित विविध अनुभव लिन सकिने भएकाले उपभोक्ताको उल्लेखनीय भीड लागेको छ।
नयाँ प्रविधिको प्रदर्शन
एक्स्पोमा ब्रदर र कोनिका प्रिन्टर, एक्स–ल्याब ल्यापटप, क्यास्परस्की, आईडीपी, माइक्रोप्याक लगायत ब्रान्डका सामग्री राखिएका छन्। सागर ग्रुपले यसै अवसरमा ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ६ नयाँ मोडलका प्रिन्टरहरू सार्वजनिक गरेको छ।
विशेषज्ञ प्रशिक्षण
एक्स्पोमा प्रिन्टरहरूको उपयोगिता र प्रविधिसम्बन्धी विषयमा विशेषज्ञहरूद्वारा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। वन कभर प्रालिका सीईओ चिरञ्जीवी अधिकारीले सागर ग्रुपको ग्राहक केन्द्रित दृष्टिकोणको प्रशंसा गर्दै प्रविधि स्टार्टअपहरूलाई सहयोग तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि आईसीटी छात्रवृत्ति प्रदान गर्न आग्रह गरे।
एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन गर्ने यो एक्स्पो प्रविधि प्रेमी तथा व्यवसायीहरूका लागि एक महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।
Comment