शिवम् सिमेन्ट्सको खुद नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शिवम् सिमेन्ट्सको खुद नाफा कति ?



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ६१.७७ प्रतिशतले थोरै हो । गत वर्ष यसले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको ब्यापार ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले ३ अर्ब ५१ करोढ रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीको अन्य आम्दानी पनि २७.९७ प्रतिशत घटेको छ ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ देखिएको छ । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ रहेको छ ।

प्रकाशित : 10 February, 2025 7:27 am