काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आज २०८०–८१ को नाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुबोधलाल श्रेष्ठले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
Comment