काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकले किसान वर्गलाई लक्षित गरी कर्जा प्रवाह गर्ने सम्झौता गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकको तर्फबाट प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरे।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
Comment