अनलाइनबाटै नेपाल टेलिकमको ई-सिम लिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अनलाइनबाटै नेपाल टेलिकमको ई-सिम लिन सकिने



काठमाडौं । नेपाल टेलिकमले अनलाइनबाटै ई-सिम लिन सकिने व्यवस्था गरेको छ । कम्पनीले २१ औं वार्षिकोत्सवको अवसरमा यो नयाँ सेवा सार्वजनिक गरेको हो ।

यसअघि ई-सिम लिन ग्राहकहरू भौतिक रूपमा काउन्टरमै जानुपर्ने बाध्यता थियो । अबदेखि नेपाल टेलिकमको एप र वेबसाइटमार्फत यो सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो सँगै ग्राहकले घरमै बसेर ई-सिमको लागि आवेदन दिन र सक्रिय बनाउन सक्नेछन् ।

प्रकाशित : २२ माघ २०८१, मंगलवार १७:३०