सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल, महासंघको अध्यक्षमा तीनजनाको उम्मेद्वारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल, महासंघको अध्यक्षमा तीनजनाको उम्मेद्वारी



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको रिक्त अध्यक्ष पदमा तीनजनाले उम्मेद्वारी दिएका छन् । भाष्करराज राजकर्णिकार, भवानी राणा र पशुपति मुरारकाले अध्यक्ष पदका लागि शनिबार मनोनय दर्ता गराएका हुन् ।महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा जेल चलान भएपछि अध्यक्ष पद रिक्त भएको थियो । उम्मेद्वारी दिने शनिबार साँझ पाँच बजेसम्मको म्यादमा महासंघको सचिवालय टेकुमा उनीहरुले मनोनय दर्ता गराएका नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ। उम्मेदवारी दिएका मध्ये राजकर्णिकार यसअघि पाण्डेसँग अध्यक्षमा पराजित भएका थिए । त्यसैगरी मुरारका महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । राणा महासंघको कृषि उद्यम केन्द्रकी सभापति छिन्।यसअघि सर्वसम्मत नेतृत्व चयन गर्न पूर्वअध्यक्षहरूले सामूहिकरूपमा गरेको प्रयास विफल भएपछि तीनजनाको उम्मेदवारी परेको हो । महासंघ निर्वाचन आयोागले असार १८ गते बिहान ९ बजेदेखी महासंघको औपचारिक निर्वाचन तालिका तय गरेको छ । महासंघ निर्वाचन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने छ ।

प्रकाशित : १२ असार २०७२, शनिबार १२:२७