घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो

काठमाडाैं। सुनको मूल्य आज घटेको छ। चाँदीको मूल्य भने बढेको छ। हिजो तोलामा १४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँ घटेको हो। मूल्य घटेर आज सुन तोलाको एक लाख ६० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ थियो। चाँदीको मूल्य आज एक हजार आठसय ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँ थियो।

गएको आइतबार, सोमबार र मंगलबार लगातार सुनचाँदीकै मूल्य घटेको थियो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

प्रकाशित : १७ माघ २०८१, बिहिबार ११:३७ 30 January, 2025 11:37 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।