घट्यो सुनचाँदीको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनचाँदीको भाउ



काठमाडौं । सुनको मूल्य घटेको छ । केही दिन लगातार उकालो लागेको सुनको भाउ बिहीबार भने तोलामा ४०० रुपैयाँ घटेको छ ।

साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधवार भने १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । प्रतितोला २० रुपैयाँ घटेर १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 23 January, 2025 10:54 am