मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेजः गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेजः गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाएपनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्वपूर्ण बन्ने बताए ।

उनले भने, ‘अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाए पनि यसको मूल कानून हामीले अझैसम्म बनाएका छैनौ । त्यसको कारण नेपालको कृषिको दिशा के हुने भन्ने सम्बन्धमा जुन गति समात्नुपर्ने थियो त्यो ठाँउमा अलिकति ग्यापहरु छन् । त्यसकारण कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि महत्वपूर्ण दस्तावेज बन्नसक्छ ।’

यसको साथै, उनले सरकारले ल्याउन लागेको कानून जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए ।

उनले भने, ‘सरकारले ल्याउने जुन कानून छ त्यो कानूनमा जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ । विषय अहिले कुनामा परेको छ यसलाई केन्द्रमा ल्याउने अवसर अहिले आएको छ । यो अवसरमा काम गरौं ।’

हाम्रो दैनिक भान्सामा पाक्ने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको भन्दै यसबारे पनि छलफल गर्नुपर्ने उनको भनाई छ ।

प्रकाशित : ७ माघ २०८१, सोमबार १४:४९ 20 January, 2025 2:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।