काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस २९ गते सोमबार,अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारण सभाले बैंकको चुक्तापूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०२ को ३.६५१६ प्रतिशतबराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्तापूँजीको ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ पुगेको छ ।
साधारण सभाले आव २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सम्पन्न
लक्ष्मी सनराइज बैंक प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सफलतापुर्वक सम्पन्न भएको छ।
नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।
लक्ष्मी सस्टनेवल इनर्जी फण्ड,नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य बिबिध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।
Comment